
पूर्णपुष्टि, जेठ २५ गते ।
अहिलेसम्म कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नेपालको ७ जिल्ला सुरक्षित रहेको छ ।
१ न. प्रदेशको ओखलढुङ्गा र ईलाम, वाग्मती प्रदेशको रसुवा, ५ न. प्रदेशको रोल्पा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिमका कोरोना संक्रमण फेला परेको छैन ।
हिजो एकै दिन कर्णाली प्रदेशको हुम्ला,जाजरकोट, डोल्पा, गण्डकी प्रदेशको गोरखा र कास्कीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएसँगै नेपालको ७० जिल्लामा संक्रमित भेटिएका छन् ।
२ न. प्रदेश र सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हिजो एकै दिन थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । उक्त संक्रमित मध्ये ३ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएईसकेको छ ।
