Tuesday, June 9News That Matters

पटका खुवाएर गर्भवती हात्ति मार्ने पक्राउ

नयाँदिल्ली 

पूणर्पुष्टि, जेष्ठ, २५

भारतमा गर्भवती हात्ति मारेको आरोपमा एक जना पक्राउ परेको छ ।

भारतको केरलामा विष्पोटक पदार्थ (पटेका) खुवाएर हात्ति मारेको अभियोगमा १ लाई पक्राउ गर्नुका साथै अरुलाई पनि सोधपुछ गरिएको छ ।

घटनामा अन्यको पनि संलग्न हुन सक्ने भन्दै अरु स्थानीयहरुलाई पनि घटना बारे सोधपुछ गरिएको  जनाइएको छ ।

घटनाबारे प्रहरीले पक्राउ परेका र स्थानीयहरुलाई छानबिन सुरु गरेको केरलाका स्थानीय संञ्चार माध्यमहरुले जनाएको छ ।

छानवनिका लागि वन वभिागले तीन वटा टोली बनाएको छ । प्रहरीले पनि घटनाको छानवनि गररिहेको छ । केरलाका मुख्यमन्त्री मनिरायी भजियनले अनुसन्धान बाट घटनामा तीनजना संलग्नको पहचिान भइसकेको बताएका छन् ।

राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले १ जनालाई  पक्राउ गरी अनुसन्धान गर्दा अन्यको पनि संलग्नता रहेको पाइएको बताएका छन् ।

अहिले भारतमा मात्रै हैन विश्वभर नै घटनाबारे चर्चा भइरहेको छ । यस घटनाबारे भारत लगाएत अन्य देशका मानिसहरुले अमानविय व्यवाहर भएको भन्दै चर्को विरोध गर्दै आएको छ ।

उक्त घटना केरलाको पलक्काड जिल्लाको एक गाउँमा यही मे महिनाको अन्त्यतिर भएको हो । पटाका नै निलेपछि हात्ति आत्तिँदै नदीमा पुगेको थियो । यो तस्बिर सामाजिक संञ्जालहरुमा पनि भाइरल भएको छ ।