Tuesday, June 9News That Matters

चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

पूर्णपुष्टि, जेठ २५ गते । 

सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने तीन जना पक्राउ परेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका–५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका–८ का टेकमान राई र मोलुङ गाउँपालिका–१ ओखलढुङ्गाका लाङिमा शेर्पा पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।