Thursday, May 28News That Matters

कोरोना संक्रमितसँगै आएका २ जना बेलाकामा भेटिए

जयराम पूर्वछाने मगर
बेलका, चैत्र ११ गते ।

नेपालमा फेला परेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमितसँगै आएको दुई जना उदयपुरको बेलकामा फेला परेका छन् ।

फ्रान्सबाट कतार हुदै आएका १९ वर्षीया युवतीमा सोमबार कोरोनाको संक्रमण देखा परेको थियो । कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा बेलाका नगरपालिका–३ रातापानी प्रगती टोलका बिध्यानन्द चौधरी र बेनपा–६ का राजकुमार तामाङ  आएका थिए ।

गत चैत्र ४ गते कतार एयरवे क्यूआर ६५२ जहाजमा आएका युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै आएका यात्रुहरुको खोजी गर्ने क्रममा चौधरी र तामाङ  फेला परेका हुन् । ती दुवै जनालाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बेलका नगरपालिकाका मेयर दुर्गकुमार थापाले बताए ।

अहिले पाण्डेलाई केहि नभएको भएपनि चौधरीलाई हल्का ज्वारो आएकाले परीक्षणको लागी धरान पठाएको छ । परीक्षणपछि मोरङको टाँडी क्वारेन्टाईनमा राखिने थापाले बताए ।

सवै सम्बन्धित निकायहरुलाई जानकारी गराईसकेको भएपनि एकले अर्कालाई जिम्मा दिएको भनेर पन्छिन खोजेको मेयर थापाले गुनासो गरे ।