Monday, June 22News That Matters

कोरोना संक्रमित बोक्न वडाअध्यक्षले दिए आफ्नो निजि गाडी

पूर्णपुष्टि, बैशाख २४

दाङमा एक गाउँपालिकाका वडा अध्यक्षले आफ्नो जिजि गाडी कोरोना संक्रमित बोक्नका लागि दिएको छ । दाङको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

उनले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका हुन् ।

कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पु¥याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।  २५ वर्षिय वडा अध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने बताए ।