
पूर्णपुष्टि,वैशाख २४
उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको ज्यान गएको छ । धरान–५ का १८ वर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा भिरबाट लडेर ज्यान गएको हो ।
धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली गई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
