
पूर्णपुष्टि, बैशाख २४
उदयपुरमा टिकटक बनाउने क्रममा एकजनाको भिरबाट लडेर ज्यान गएको छ । जिल्लाको कटारी नगरपालिका ११ हर्देनी भिरबाट टिकटक बनाउँने क्रममा धरान–५ का १८ बर्षीय सुभास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएपछि गाडी बनाउने समयमा सोही सुमोमा सुवार परियार टिकटक बनाउन तर्फ लागे र भिरबाट लडेर घम्भिर घाईते बनेको प्रहरीले बताएको छ । घाईते युवाको उपचारको लागि कटारी अस्पताल लजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
