Monday, June 22News That Matters

रुखबाट लडेर १ जनाको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २४

इलाममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । नगरपालिका–५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर ज्यान गएको हो । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।