
पूर्णपुष्टि, बैशाख २४
बाँकेमा स्वाब लिन लाईन बसेकै अवस्थामा एक जनाको मृत्यु भएको छ । स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताएको छ ।
चिकित्सको अनुसार अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
३÷४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको थियो । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका थिए । शुक्रबार ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’ चिकित्सकको भनाई छ ।
