
पूर्णपुष्टि, चैत ३० गते ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १८ सय भन्दा धेरैको मृत्यु भएसँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या साढे २० हजार नाघेको हो । ५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
इटलीमा १९ हजारभन्दा बढीको मृत्यु भएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ ।
उक्त संख्यामध्ये ४ लाख १ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
