
पूर्णपुष्टि, जेठ १४ गते ।
विराटनगरको कोशी कोभिड–१९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुने चारै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरु चारै जना उदयपुरको भुल्केका भएको जनाईएको छ ।
कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ३० पुगेको छ ।
अहिलेसम्म १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ रहेको छ ।
