
उदयपुर, जेठ १४ गते ।
उदयपुरका एक कृषकले लकडाउनको सदुपयोग गर्दै ड्रागन फलको नर्सरी घरमै उतपादन गरेका छन् ।
त्रियुगा नगरपालिका–५ श्रीपुरका दिपक वान्तावा राईले नेपालमा नौलो फलको रुपमा चिनिएको ड्रागन फलको नर्सरी घरमै उत्पादन गरेको हो ।
मेक्सिकोमा उत्पत्ति भएको ड्रागन फल एक सिउँडी प्रकाजतीको फल हो । मानव स्वास्थ्यका लागी औषधीय गुणले भरीपूर्ण फल भएकाले गाउँ घरका गरिब परिवारसम्म यस फलको पहुच पु¥याउने उद्देश्यले लकडाउनको समयलाई सदुपयोग गर्दै घरमा भएका माउ बोटबाट नर्सरी उत्पादन गरेको कृषक राईले बताउनुभयो ।
केहि वर्ष पहिला हिमाल पत्रिकामा पढेको र काठमाण्डौँको केहि ठाउँमा नयाँ फल देखिपछि नेपालमै पहिलो पटक सन् २००२ मा भेत्नामबाट ड्रागन फल भित्र्याउने डा. जगन्नाथ राईकोमा पुगेको कृषक राईले बताउनुभयो । राईलाई भेटेर यस फलको र खेती प्रविधि बारे जानकारी लिई केहि विरुवा ल्याएर रोपेको उहाँले बताउनुभयो ।
मानिसको स्वास्थ्यका लागी अति उपयुक्त भएकाले दुःखी गरिब परिवारसम्म पु¥याउने उद्देश्यले नर्सरी उत्पादन गर्न थालेको कृषक राईले बताउनुभयो । नयाँ वर्षसँगै फर्म दर्ता गरेर व्यावसायीक रुपमा नयाँ कामको थालनी गर्नको लागी सवै प्रक्रिया पुरा भएको भएपनि लकडाउनले गर्दा दार्त गर्न नपाएको उहाँले बताउनुभयो ।
लकडाउन खुलेपछि तत्काल फर्म दर्ता गरेर व्यावसायीक रुपमा नर्सरी उत्पादन गर्ने कृषक राईले बताउनुभयो । ड्रागन फलको महत्व नेपाली समाजले भर्खर बुझ्न थालेकाले यसको माग उच्च हुन थालेको छ ।, यसको व्यावसायीक खेती गरे राम्रो बजार पाउने उहाँको भनाई छ ।
कलडाउनले गर्दा एक सय हाराहारीको रुपमा गाउँमा ड्रागन फलको नर्सरी विक्रि भएको कृषक राईले बताउनुभयो । सामुदायीक वनको अध्यक्ष भएकाले उपभोत्तालाई आवश्यकता परे अनुसार डाले घाँसको नर्सरी पनि उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।
झरी परेको समयमा डाँले घाँसको विरुवा बढी खपत हुन्छ । डाँले घाँस रोप्दा भूक्षय हुनबाट बच्ने र हरियालीसँगै स्वच्छ वातावरण हुन्छ ।, घरमा पालेको पशु चौपायलाई पनि घाँसको दुख नहुने कृषक राईले बताउनुभयो ।
उपभोक्ताले डाँले घाँसको नर्सरी जात अनुसार प्रति गोटा १० देखि २० रुपैयाँमा खरिद गरी रोप्ने गरेको कृषक राईले बताउनुभयो । अहिले करिब ३ हजार नर्सरी छ । बडहर, बगाईनो, टाँकी, नेभारो लगायतका डाँले घाँसको नर्सरी उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।
अहिले ड्रागन फलको १ देखि २ फिटको नर्सरी प्रति गोटा २ सय रुपैयाँ विक्रि गरिराखेको कृषक राईले बताउनुभयो । यस फलाई कम पानी चाहिने भएकाले कम पानी पर्ने ठाउँ र सुख्खा क्षेत्रमा यसको राम्रो खेती गर्न सकिने उहाँले बताउनुभयो ।
अहिले नेपाली मार्केटहरुमा पाउने ड्रागन फल आयातीत भएकाले यसको व्यावसायीक खेती गर्न सके राम्रो आय स्रोत बन्नले देखिन्छ ।
