
पूर्णपुष्टि, जेठ १४ गते ।
उदयपुरको घुर्मी बजारमा हावाहुरीले साढे तीन लाख भन्दा बढीको क्षती गरेको छ । मंगलबार साँझ आएको हावाहुरीले कटारी नगरपालिका–१४ घुर्मी बजारमा रहेको घर टहरा उडाउँदा तीन लाख ६२ हजार भन्दा बढीको क्षती भएको हो ।
साँझँ ६ः३० बजे आएको हावाहुरीले घुर्मी बजारका श्याम शकरको घरको टिनको छाना, कैलाश साह, श्याम साह, विकास पटेलको टाटीको बेरा र त्रिपालले बनाएको घर र त्रिपाल, भाँडा वर्तन, डिस होम, सोला प्यानल र देवराज परियारको किचन कोठाको छानो उडाएर क्षती गरेको प्रहरीले जनाएको छ ।
