Monday, June 29News That Matters

कोशी करिडोर सडकलाई पूणर्ता दिन ३ पालिकाले छुट्यायो ४ करोड

पूणर्पुष्टि, असार, ४

उदयपुरको घुर्मि लिम्चुङबुङ कोशी करिडोरको ट्रयाक खोल्न ३ पालिकाबाट ४ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरबको योजना भएता पनि हाल सम्म कुनै पहल नभएपछि छायाँमा परेको सडकलाई स्थानीय स्थरबाट स्तरउन्नतिका लागि ३ पालिकाले बजेट बिनियोजन गरेको हो ।

राष्ट्रिय गौरब पूर्वधारको रुपमा रहेको घुर्मि, चतारा कोशी करिडोर सडकको निर्माण कार्य अबरुद्ध भइ लामो समय देखि अलपत्र परेको अवस्था थियो ।

यस बिषयमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाका आम जनताहरुले चासो राखेको र अलपत्र सडकलाई तत्काल निर्माण गरी सहज गराउन स्थानिय सरकारलाई बाराम्बार अनुरोध गरेका थिए ।

यसै सडकको लागि नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालको संयोजकमा कटारी नगरपालिकामा ३ ओटै पालिकाका स्थानीय सरकार प्रमुख लगाएत सम्बन्धित निकायहरु सँग बुधबार बसेको बैठकले कोशी करिडोर सडकको बाँकी रहेको ट्रयाक खोल्ने सम्बन्धमा बजेट व्यवस्थापन गरी आगामी बर्ष देखि काम थाल्ने निणर्य गरेको छ ।

कटारी नगरपालिकाको १० र १४ नं वडा ताप्ली र लिम्चुङबुङको कुमलटार देखि कुनाही बतासे सम्म बाँकी रहेको अलपत्र सडकको तत्काल निर्माण कार्यको लागि कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले संयुक्त रुपमा आर्थिक बर्ष २०७७/०७८ को बजेटबाट ४ करोड बजेट बिनियोजन गरिएकोे बैठकमा निणर्य भएको उल्लेख छ ।

बैठकले संघ र प्रदेशका सांसदहरुलाई पनि उक्त सडक निर्माणका लागि संसदिय विकास कोषको रकम समावेश गर्न अनुरोध समेत गरेका छन् । यस निणर्यमा संघिय सरकारले पनि अलपत्र सडकलाई पूणर्ता दिन स्थानीय सरकारले सहि आंकलन गरेको बताएको छ ।