
पूर्णपुष्टि,चैत्र १६ । प्रदेश नम्बर १ ले कोशी प्रदेश नाम पाएसँगै पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ। विहीवार आन्दोलनरत संघर्ष समितिले धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो ।
संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ। फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ । उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए।
गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह–कमाण्डर पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।
