
पूर्णपुष्टि,चैत्र १६ । भरतपुरमा १ अर्ब ९२ करोडको लागतमा टर्मिनल भवनको शिलान्यास भएको छ । बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुर विमानस्थलको टर्मिनल भवनको शिलान्यस गर्नुभएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार १ अर्ब ९२ करोड लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ । प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो । टर्मिनल भवन निर्माणका लागि चैत ६ गते केसी–क्षमा देवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
