Friday, May 22News That Matters

पछिल्लो २४ घण्टमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, चैत्र १६ । कोरोना भाईरस पुन फैलदै गएको छ । नेपालमा कोरोना संक्रमणको संख्या पढ्दो हुँदै गर्दा पछिल्लो २४ घण्टामा ४२ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल देशभर १२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहिबार मात्रै १७ जना संक्रमण मुक्त भएको छ भने कोरोना फैलदै गएकोले सतर्कता अपनाउन मन्त्रालयले आग्रह समेत गरेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले काठमाण्डौँ उपत्यकासहित सबैठाउँ तिर बुस्टर डोज अभियान संचालन भईरहेको छ ।