
पूर्णपुष्टि,चैत्र १६ । अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको छ । उनले पार्टि परित्याग गर्दै बलियो बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।
पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ उनले भनेका छन् ।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन्।
