Thursday, June 18News That Matters

कोशी प्रदेश नामाकरण पञ्चायती सोच : युग पाठक

पूर्णपुष्टि, ९ जेष्ठ ।
राजनितिक बिश्लेषक तथा लेखक युग पाठकले कोशी प्रदेश नामाकरण मानव पहिचान विपरिद नाम रहेको जनाएको छ । उनले पहिचान विपरिदको नामाकरणहरुहरु पुरानो र हेपासी नाम रहेको जनाए । पंञ्चायत काल खण्डमा शासक र शोसक प्रविद्धिमा राखिने नाम संघियता पछि पनि उस्तै अवस्था रहेको जनाए । पाठकले राज्यले सबै समुदायहरुलाई समानन्तर हक अधिकार दिनु पर्ने भन्दै पहिचानमुखी नामहरुको आवश्यक रहेको जनाए । जस अन्तरर्गत महिला, दलित, आदिवासी जनजाति लगायत सबै राज्यको अंगहरुलाई उत्तिकै अधिकार वितरण हुनु पर्ने जनाए । उनले कोशी प्रदेश जवरजस्ती राख्नु पंञ्चायती सासनको व्यवस्था रहेको जनाए । उनले पंञ्चायतमा पहिचान, भाषा, संस्कृति जस्ता कुराहरुलाई गिज्याउने गरेको समेत जनाए ।

उनले पहिचानको कुरा कुनै पनि जातिय र समुदायको नभै सम्पूर्ण मानव जातिहरुकै रहेको जनाए । देशभित्र वस्ने बाहुन क्षेत्री लगायत सबै मानव अस्थित्वको पहिचान रहेको जनाए । तर पंञ्चायतको सोचका कारण किरात शब्द चै राईको मात्रै भन्ने गलत बुझाई रहेको बताए । उनले पहिचान मानव जातिको सुन्दर पाटो रहेको समेत जनाए । जस्ले गर्दा पहिचानलाई सँधै जोगाउने पक्षमा जस्तो सुकै लडाईहरु देखी पछि हट्न नहुने उनको सुझाव छ । पाठकले पहिचानलाई जातको रुपमा सोचिरहेको सोचलाई परिवर्तन गर्न आवश्यक रहेको जनाए । उनले बाहुन क्षेत्रीको पनि पहिचान समाप्त हुँदै गएको जनाए । आफ्नो समुदायको नाम विद्यालयको सार्वजानिक संस्थाहरुको नाम इन्टरनेशनल भैसकेको जनाए । उनले अहिले बच्चाहरुलाई स्याउ भन्न बिर्साउँदै जाँदा एप्पल भनेको मात्रै बुझ्ने भएको जनाए । यस्तो हुनुमा समुदायमा पहिचान नष्ट हुँदै गएको पाठकको बुझाई छ । यसरी एउटाको पहिचान मेटिनु सबैको पहिचान मेटिनु रहेको उनले जनाए । उनले नेपालमै पहिचान मेटाएर भुटानी सरणार्थी बनाएर अमेरीका पठाउन लागि परेको समेत कुरा जोडे । पैसाको हुटहुटीमा पहिचान सक्काउन यहाँ मरिमेट्ने अवस्था रहेको उनले बताए । पाठक किरातीहरुको माहान चाँड उभौलीको अवसरमा बृहत सांस्कृतिक प्रदर्शनको क्रममा मंगलबार गाईघाट आएका थिए । उक्त कार्यक्रममा साकेला नाचेर कोशी प्रदेश खारेजीको माग गरिएका थिए । त्यस आन्दोलनमा पाठकको पनि समर्थन रहेको छ ।