Tuesday, January 14News That Matters

कोशी प्रदेश सरकारका लागि सत्तागठबन्धनको तिन बिकल्पमा छलफल हुँदै

पूर्णपुष्टि, १४ साउन ।
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक फेरी काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । एमालेको सरकार रहेको उक्त प्रदेशमा माओवादी र जसपाले सरकार छाडेपनि अल्पमतमा परेको हिमत कुमार कार्कीले विश्वासको मत पाउन सकेन ।

बहुमत सहितको सरकारका लागि फेर प्रदेश प्रमुखले सरकार निर्माणका लागि आह्वान गरे । गठबन्धनको सरकार बनाउन सभामुख बावुराम गौतम समेतको हस्ताक्षरमा गठबन्धनबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर सर्वोच्च अदालतले गौतमलाई पदमुक्त गरेसँगै गठबन्धन सरकार पनि समाप्त भयो । सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत (४७) प्रदेश सभा सदस्यको समर्थन० पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस(माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् ।

दोस्रो विकल्पको रुपमा उनीहरुले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् । तर राप्रपाले वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरुसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए ।

राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्ता गठबन्धनका नेताहरुको तयारी छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

सर्वोच्चले संविधानको धारा १६८ ९२० बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।