क्याम्पस, विद्यालयलाई मिलन स्मारिका वितरण

पूर्णपुष्टि, मंसिर २५ गते । 

पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ क्याम्पस तथा विद्यालयहरुलाई बुधबार मिलन स्मारिका वितरण गरिएको छ । कर्मचारी मिलन केन्द्र उदयपुर र संगम सामुदायिक पुस्तकालय गाईघाटले आयोजना गरेको पठन संस्कृति वहस तथा मिलन स्मारिका वितरण कार्यक्रममा क्याम्पस तथा विद्यालयहरुलाई मिलन स्मारिका वितरण गरिएको हो ।

जिल्लाको आठैवटा पालिकाका विविध विषयलाई समेट्दै बौधिक खुराकको रुपमा कर्मचारी मिलन केन्द्रले हालै प्रकाशन गरेको मिलन स्मारिका, त्रियुगा नगरपालिकाभित्रका एकदर्जन बढी क्याम्पस तथा विद्यालयहरुलाई वितरण गरिएको हो । क्याम्पस तथा विद्यालयका पुस्तकालयमा राखेर विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले स्मारिका वितरण भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले बताउनुभयो ।

जिल्ला न्यायधिस दिपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिलन केन्द्र र पुस्तकालयबीच पठन संस्कृतिको विकास संगै सुखि र समृद्धिको साझा मुद्दा व्यवहारिक कार्यान्वयनका लागि सकारात्मक नागरिक वहस कार्यक्रम सन्चालनका लागि सम्भौता पनि भएको छ । सम्झौता बमोजिम प्रभावकारी किसिमको नागरिक बहस कार्यक्रम संचालन गरिने पुस्तकालय संचालक समितीका अध्यक्ष भारत खड्काले बताउनुभयो ।

न्ययधिस मनोज केसी, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का,  क्याम्पस तथा विद्यालयका प्रमुख, प्रधानाध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा पठन संस्कृतिको विकास बारे अन्तरक्रिया पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: