
उदयपुर, माघ ६ गते ।
कटारीको एक क्रसरमा फेला परेका दुई वटा शंखास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कटारी नगरपालिका–६ सागुरीमा रहेको क्रसर उद्योग कम्पाउण्ड भित्र रहेको स्काईभेटर र क्रसरको रोलर मुनी फेला परेको शंखास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।
विहान करिब ९ बजे संखास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । संखास्पद वस्तु भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारी र शसस्त्र बेस क्याम्प कटारीबाट खटेका सुरक्षाकर्मीले घटना स्थल सुरक्षित राखेको थियो । रोलर मुनी लाईलनको झोला भित्र र चेन माथी जेब्रा झोला भित्र राखेका शंखास्पद वस्तु प्रेसर कुकर भएको प्रहरीले जनाएको छ ।
लामा शर्मा जेभी कन्ट्रक्सनको क्रसर हाल राजेश कार्कीले संचालन गर्दै आएको क्रसरको ना १ क २७६० नम्बरको स्काईभेटरको चेन माथी र क्रसरको रोलर मुनी दुई ठाउँमा राखेका शंखास्पद वस्तु रण शार्दुल गण सुरक्षा पोष्ट बेलस्रोतबाट सह–सेनानीको कमाण्डमा खटेका डिस्पोजल टोलीले ३ः५५ बजे र ४ः३० बजे सुरक्षित साथ डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
घटनाको जिल्ला प्रहरी कार्यालय उदययपुर र सशस्त्र प्रहरी बल न. ५ गणले समेत अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
