Sunday, June 7News That Matters

नगर र ट्याक्टर व्यावसायी विच सहमती

उदयपुर, माघ ६ गते । 

आन्दोलीत ट्याक्टर व्यावसायी र त्रियुगा नगरपालिका विच तीन बुदे सहमती भएको छ ।  नदि जन्य सामाग्री निकासीमा अवारेध गरेको भन्दै आन्दोलित व्यावसायी र नगरपालिका विचको छलफलले सहमती जुटाएको हो ।

नगरपालिका अगाडी सडक जाम गरेर विहान व्यावासयीहरुले ट्याक्टर राखेर विभिन्न मागसहति आन्दोलन गरेको थियो । नगरपालिका र व्यावसायी विचको छलफलमा नगर क्षेत्र भित्र प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) गरेका खोला तथा नदिहरुमा नदिजन्य वस्तु उत्खन्न गर्ने क्रममा समस्या भएकाले आईईई गरेको क्षेत्रको उत्खन्न प्वाईन्ट निर्धारण गरी ७ दिन भित्र बोर्ड राख्ने र कुनै समस्या आए जिम्मेवारी र व्यावस्थापन नगरपालिकाले गर्ने, नदि जन्य सामाग्रीको दर रेटका विषयमा कर्यापालिकामा निर्णय गरी प्रदेशमा सिफारिस गर्ने र पक्राउ परेका ट्याक्टर आईईई गरेको क्षेत्रमा मात्रै उत्खन्न गर्ने गरी पहिलो पटक भएकाले ट्याक्टर धनीलाई जिम्मा लगाउने र नगर क्षेत्र भित्र नदिजन्य वस्तुको उत्खन्न तथा विक्रिको अनुगमन तथा सहजीकरण गर्नको लागि गठन हुने टोलीमा व्यावसायीका प्रतिनिधिका लागि सिफारिस गर्ने सहमती भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

विभिन्न क्षेत्रमा अवरोध गरिएको ढुङ्गा निकासी सुचारु गर्न, वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण गर्न, अनियन्त्रित पार्कीङ्क कर खारेज, महङ्गो सवारी ढुवानी कर, नदिजन्य वस्तुको टेन्डर लगाउनु पर्ने लगायतका माग सहित आन्दोलन गरेको त्रियुगा ट्याक्टर ढुवानी व्यावसायीक संस्थाका अध्यक्ष युवराज पराजुलीले बताए ।

नगरपालिकासँगको छलफलपछिको सहमतीमा चित्त बुझे पनि कार्यन्वयनको पाटो हेर्न बाँकी रहेको अध्यक्ष पराजुलीले बताए ।