Sunday, March 16News That Matters

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेशी

पूर्णपुष्टि, जेठ १ । क्रिकेटर सन्दीप लामिछानेको नाबालिक बलात्कार मुद्धाको आज पेशी तोकिएको छ । गत वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको थियो । तर, मुद्धा हेर्न नमिल्ने सुचिमा परेपछि जेठ १ गतेको लागी पेशी तोकिएको थियो ।

त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।