Monday, April 20News That Matters

क्रेनले किचेर एकजनाको मृत्यु

पूर्णपुष्टि, असोज ४

झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलको भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेनले किचेर साहको ज्यान गएको हो । साहा मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका प्रहरीले जनाएको छ । गाडीको पछाडी साइडको भागमा चढेर बसेको अवस्थामा क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो । क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।