
पूर्णपुष्टि, जेठ ४ गते ।
बाँकेको एक क्वारेण्टाईनमा बसेका एक युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाको दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
मृतक युवाको मृत्यु हुनको कारण खुल्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । मृतक युवा केही दिनअघि मात्रै भारतबाट नेपाल आएको थियो ।
शनिबार रातिदेखि बिसन्चो भएर बिहान मृत्यु भएको जनाईएको छ । ती युवाको कोरोना परीक्षणका लागि नमुना सकलन गरी भेरी अस्पतालमा पठाइएको छ । आज रिपोर्ट आएपछि मात्र मृत्यु हुनुको कारण खुल्ने जनाईएको छ ।
