Saturday, June 27News That Matters

क्वरेण्टीनमा बसेका १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २८ गते । 

अर्घाखाँचीको एक वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

भारतबाट आएर क्वारेण्टीनमा बस्दै आएको थियो । घाटीको शल्यक्रियासमेत गरेका पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्क गएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेसिक अस्पतालमा उपचारपछि घर फर्कँदै गर्दा उनको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको जनाईएको छ । उनको स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।