
पूर्णपुष्टि, भदौ १
इलाममा क्वरेण्टीनमा बसेको एक जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा बसेका २२ वर्षीय युवाको गतराति मृत्यु भएको हो ।
उनी भारतको हैदराबादबाट आएर गत साउन २६ देखि क्वरेण्टीनमा बसेको थियो । उनीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनको गत साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । तर रिपोर्ट आउन बाँकी नै रहेको जनाईएको छ ।
