Friday, May 22News That Matters

नेपाल आएका सलहको झुण्ड हराउँदै

पूर्णपुष्टि, भदौ १

भारतबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड हराउँदै गएको छ । केही दिनदेखि सलहको झुण्ड नदेखिएकाले नोक्सानी गर्ने सम्भावना टरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

मौसम प्रतिकूलताका कारण सलहको झुण्ड हराउँदै गएको जनाईएको छ । नेपाल छिरेको सलह कीराले धेरै नोक्सानी गर्न नसकेको केन्द्ले जनाएको छ ।

सीमावर्ती भारतमा भएको सलहको झुण्ड पनि नेपाल आउने सम्भावना लगभग टरेको जनाईएको छ । अहिले भारतको राजस्थानमा केही झुण्ड रहेको छ । तर हावाको गति र मौसम प्रतिकूलताका कारण तत्काल नेपाल छिर्ने सम्भावना नभएको केन्द्रले जनाएको छ ।

सलह अबको १०/१५ दिन नेपाल छिर्ने सम्भावना नभएको र त्यसपछि भने बिस्तारै मौसममा आउने परिवर्तनसँगै सलह पनि सकिँदै जाने केन्द्रको दावी छ ।