Friday, May 22News That Matters

न्यूजिल्याण्डको आम चुनाव १ महिना पछी

पूर्णपुष्टि, भदौ १

कोरोना सङ्क्रमित फेरि देखिन थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सरेको छ । कोरोना सङ्क्रमितहरु पुन देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले घोषणा गर्नुभएको हो ।

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने जनाईएको छ । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ ।

न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भईसकेको छ ।