Friday, May 22News That Matters

क्वरेन्टीनमा बसेकालाई रक्सि पु¥याउने दण्डित

पूर्णपुष्टि, जेठ ११ गते । 

क्वारेन्टाईनमा बसेका आफन्तलाई रक्सि पु¥याउनेलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । क्वारेन्टाईनमा बसेकालाई घरेलु मदिरा र्पुयाउने कुमार थपलियालाई स्थानीय प्रशासनले ५ हजार रुपैयाँ जरिबाना गरेको हो ।

राप्ती नगरपालिका–३ का २५ वर्षीय थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी र्पुयाउन जाने क्रममा थपलियालाई गत जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । उनको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको जनाईएको छ ।