Tuesday, April 21News That Matters

क्वारेन्टाइनमा राखिएका ६ बर्षिय बालको मृत्यु

पूणर्पुष्टि, जेष्ठ, १८

डडेलधुरामा क्वारेन्टाइनमा राखिएका १ जना बालकको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको गएराति नै मृत्यु भएको हो । डडेल्धुरा जिल्लिा सदरमुकामस्थति डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखएिका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । गएराति १२ बजेतिर उनको मृत्यु भएको न्यौपानेले बताउनुभयो ।

आमा-बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । ‘उनिहरुलाई राति क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भन्नुभयो ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं ।’

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइसकेको निमित्त (मेसु) डा. जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’ विष्टले बताउनुभयो ।