
बुद्धि चामलिङ राई
उदयपुर, साउन २७
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बितरण गर्दै आयको धाराको खानेपानीमा त्रियुगा नगरपालिका वडा नम्बर ( ११ का गाइघाट बासीहर आकर्षित हुन सकिरहेका छैनन । वडा नम्बर ( ११ गाइघाटका वडा अध्यक्ष बिश्वराज भट्टराईका अनुसार अहिले वडा नम्बर ( ११ गाइघाटमा करिब २ हजार बढी घरहरु छ्न ।
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष ओम खड्काका अनुसार अहिले वडा नम्बर ( ११ गाइघाटमा ६ सय ९४ वटा धारा जोडिएको छ । वडा नम्बर ( ११ गाइघाटका २ हजार घर मध्ये चपन्न का २० भन्दा बढी घरहरुका उपभोक्ताले आफ्नै पानीको श्रोत जुटायर धारा प्रयोगमा ल्यायका छन ।
धारा बिग्रेको समयमा चपन्नबासी उपभोक्ताहरु बरुवा खोलाकै पानी कुवा बनायर पिउने गरेका छन । गाइघाटका अन्य टोलहरुमा साकेला टोल, गाइघाट देखि असारी जाने सडक को माथिलो भेग पुरानोगाइघाट, त्यस्तै साकेला टोल जाने बाटो को भर्खरै बनेका घर हरुमा पनि धाराको सुबिधा छैन ।
गाइघाटको मुख्य केन्द्र बजार छेत्रमा उपभोक्ताहरु धाराको पानीमा आकर्षित हुन सकेका छैनन । गाइघाट बजारको मुख्य चोकका घरधनी भाबु राई भन्छन हाम्रो यो विशाल बजार लाइनमा कसैको घरमा धारा जोडिएको छैन । गाइघाटका दुई हजार घर मध्ये १३ सय घरहरु अझै धाराबिहिन छ्न ।
गाइघाट बजारको शिवालय टोल, ढिम्की मन्दिर टोल, सङ्गमटोल, प्याराडाइज स्कुल रहेको टोल, बजार को हिमाली टोल, पुरानो बाबारानी फिलिम हल रहेको टोल, बजार को सबै लाइन मा छिटफुट रुप मा धारा जोडिएको छ । गाइघाट निबासी श्रीजना दनुवार भन्छिन मेरो घरमा धारा पनि जोडेको छु, कल पनि जोडेको छु ।
तर धारा कै पानीमा भर परियो भने पानी नखाइ भइन्छ । हिउद समय मा पानी निरन्तर आय पनि वर्षा समयमा पानी आउने ठेगान हुन्न । धाराको पानी म उमालेर उपभोग गर्छु । तेसो त धेरै जसो म फिल्टर गरेको जार को पानी उपभोग गर्छु । उनी भन्छिन गाइघाट मा घना बस्ती बढेकाले अब कल को पानी खान स्वस्थकर नहुन सक्छ ।
त्रियुगा नगरपालिका वडा नम्बर ( १२ पुरानो गाइघाट का अध्यक्ष जयबिक्रम राईका अनुसार वडा नम्बर १२ पुरानो गाइघाटमा २ हजार बढी घरहरु छ्न । खानेपानी समितिका अनुसार वडा नम्बर ( १२ मा २७ वटा मात्र धारा छ्न । त्रियुगा नगरपालिका वडा नम्बर ( १२ डियमगेट निबासी राहुल यादब भन्छन हाम्रो घर सम्म खानेपानीको पाइप लाइन नै बिस्तार छैन । त्रियुगा नमुना उच्च माबिको गेट सम्म मात्र धाराको पानीको पाइप बिस्तार छ ।
हामिले धारा जोड्छोउ भन्दा पनि प्राबिधिक कारण जोड्न पाइरहेका छैनोउ । त्यसैले हामी कलको पानी नै फिल्टर गरेर उपभोग गरिरहेका छोउ । वडा नम्बर ( १२ रंगशाला पुरानोगाइघाट निबासी बिश्वजित राई भन्छ्न हाम्रो टोलतिर धारा जोड्ने मन हुदा समेत खानेपानीको पाइप लाइन बिस्तार नभयकाले कलको पानी खान बाध्य छोउ ।
गाइघाट बजार कै सबै टोल ( टोल मा खानेपानी को पाइप लाइन बिस्तार छैनन । लालीगुरास बोडिङ पछाडीको टोल निबासी बबिता परियार भन्छिन क्यान्भास बोडिङ सम्म खानेपानीको पाइप लाइन छ हाम्रो घर तिर छैन । खानेपानि समितिका अध्यक्ष भन्छन, पाइप लाइन भयको लाइनका घरधनीहरु धारा जोड्न मा रुचि नै राख्दैनन ।
गाइघाट बजारको सबै लाइनमा हाम्रो पानीको पाइप लाइन बिस्तार छ । बाकी अपुग टोलहरुमा पानीको लाइन बिस्तार को योजना चालू रहेको अध्यक्ष खड्का बताउछन । अध्यक्ष खड्काका अनुसार समितिले हाल २ हजार ३ सय ९३ वटा धारा बाट पानी बितरण गरिरहेका छ । वडा नम्बर ( १२ पुरानो गाइघाटमा २७ वटा, वडा नम्बर ( ११ गाइघाट मा ६ सय ९४ वटा, वडा नम्बर ( ९ राटमाटेमा २ सय ३३ वटा धारा बितरण भयका छन ।
त्यस्तै सरकारी कार्यालयहरुमा ७८ वटा धाराहरु बितरण भयका छ्न । खानेपानी समितिको सबै भन्दा बढी मुख्य उपभोक्ता त्रियुगा नगरपालिका वडा नम्बर ( १० बोक्सेका छन । वडा नम्बर ( १०बोक्सेमा मात्र १ हजार ३ सय ६८ धारा बितरण भयका छन । वडा नम्बर ( १० बोक्सेका वडा अध्यक्ष प्रकाश खड्काका अनुसार वडा नम्बर १० बोक्सेमा २ हजार बढी घरधुरी छन । वडा नम्बर १० का अधिकाश घरहरुमा धारा भय पनि करिब ६ सय घरधुरी अझै धारा बिहिन रहेको तथ्यांकले देखायको छ । यी धारा बिहिन घरधनी उपभोक्ताहरुले अरुकै धारा को पानी प्रयोग गरेको देखाउछ ।
वडा नम्बर ( १० बोक्से वडा नम्बर ( ११ गाइघाट भन्दा केही अग्लो ठाउमा भयका कारण पनि यहाँ कल बाट पानी निकाल्न नसकिने हुदा अधिकाश सबै बोक्सेबासीले धाराको पानी खानु पर्ने बाध्यता छ । बोक्सेका केही टोल यस्ता छ्न जहाका मानिस घरमा धारा भयर पनि कुवाको पानी उपभोग गर्छ्न । घले टोलका अधिकाश स्थानिय बोक्से जिल्ला प्रहरी कार्यालय मुनि रहेको कुवाको पानी पनि उपभोग गर्छ्न । बाह्रघरेका उपभोक्ता पनि टोल मुनि खेत को सिरान मा रहेको कुवाको पानी अझै उपभोग गर्छ्न । त्यतै सुगम टोल, जिल्ला अस्पताल डाडा का स्थानिय पनि कुवाको पानी उपभोग गर्छ्न ।
वड नम्बर ( १० बोक्से का उपभोक्ताहरु पानीको श्रोत धारा मात्र भयकाले पानी आउने समयलाइ पर्खेर बस्नु बाध्यता छ । तर वडा नम्बर ( ११ गाइघाट का स्थानिय महेश रेग्मी भन्छ्न घर मा धारा जोडेको छु पानी चाहिँ धारामा आउछ होला । उनी भन्छ्न पानी सबै उपभोक्ताहरुलाइ स्वस्थ फिल्टर गरेको स्वस्थकर पानी बितरण गर्नु पर्यो । वडा नम्बर ( ११ गाइघाटबासी नै प्रकाश बस्नेत भन्छ्न घर मा धारा पनि छ । कल पनि छ धाराको पानी आय धाराको खाने नत्र कल को पानी पनि खान सकिन्छ । गाइघाट बासी दिनेश उपाध्याय चाहिँ समितिको सेवा प्रती खुशी नै छन । उनी भन्छ हिउदमा बिहान बेलुकी नै राम्रो पानी आउँछ वर्षा याममा केही समस्या हुन्छ ।
२०५३ सालमा यशियालि बिकास बैङ्क को आर्थिक सहयोगमा स्थापना भयको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०६३ सालमा नगर बिकास कोष काठमाडौ बाट ऋण लिइ खानेपानीलाइ बिस्तार गरियको हो । खानेपानी समितिको कार्यबाहक अध्यक्ष ओम खड्काका अनुसार अहिले समितिलाइ करिब ६ करोड ऋण रहेको छ ।
६ करोड ऋणको बार्षिक ३८ लाख ब्याज मात्र तिर्नु पर्ने बताय । बेलदोभान मुनि ओदारेमा बरुवा खोलाको पानी ट्याङ्कीमा जम्मा गरि त्यहा बाट पाइपमा बोक्सेमा ल्यायर बोक्सेमा रहेको ट्याङ्किमा पानी फिल्टर गरिन्छ । बोक्सेमा ९ लाख छमताको दुई वटा ट्याङ्की रहेको छ ।
योउटा सात लाख लिटर र अर्को दुइ लाख लिटरको ट्याङ्किमा जम्मा ९ लाख लिटर पानी फिल्टर गरि पानी बितरण गरिने गरियको छ । पानी फिल्टर गरिने बोक्सेको ट्याङ्की भयको स्थान देखि मुहान ओडारे ५ किलोमीटर टाढा को दुरिमा पर्दछ । त्यस्तै गाइघाट देखि पानी फिल्टर गरिने बोक्सेको ट्याङ्की ४ किलोमिटर दुरिमा पर्दछ ।
गाइघाट बासिले गाइघाट बाट ९ किलोमिटर टाढाको पानी उपभोग गर्नु परिरहेको छ । गाइघाट छेत्रमा बिहान ५ बजे देखि ८ बजे र बेलुकी ४ बजे देखि ७ बजे सम्म पानी धारामा आउने गरेको छ । त्यस्तै बोक्से र राटमाटे छेत्रमा बिहान ५ बजे देखि ८ बजे, बेलुकी ४ बजे देखि ७ बजे र राती समेत गरेर २४ घण्टामा एक दिन मा १५(१६ घण्टा पानी धारामा आउने अध्यक्ष खड्काले बताय ।
उनका अनुसार बोक्सेको सरकारी कार्यालयहरु, अस्पताल, आर्मीक्याम, प्रहरी कार्यालय जस्ता कार्यालयहरुमा रातभरी पानी धारामा आउने गरेको छ । २०७३ साल बैशाख मा निर्बाचित आफ्नो समितिले सस्थाको सुधार गर्दै हाल सम्म १ करोड बढी ऋण तिरिसकेको समेत कार्यबाहक अध्यक्ष खड्काले बताय । यो समितिको ५ बर्षे कार्यकाल आगामी २०७८ साल बैशाख मा सकिदैछ ।
समितिका कोषाध्यक्ष किरण पाण्डेका अनुसार अघिल्लो समितिले नगर बिकास समिती काठमाडौ बाट २०६३ साल मा लियको ११ करोड ऋण मध्ये बाकी रहेको ऋणको आफ्नो कार्यसमिती आयपछी १ करोड १८ लाख ऋण तिरेको बताय । अझै समितिलाइ ६ करोड ऋण रहेको छ । कोषाध्यक्ष पाण्डे भन्छ्न नया धारा जोड्नलाइ उपभोक्ताले सुरुमा १२ हजार ३ सय ५० रुपिया समितिलाइ बुझाउनु पर्छ । त्यसमा समितिले पानीको मिटर र धारा जोड्ने प्राबिधिक निशुल्क उपलब्ध गराउछ ।
बाकी धारामा चाहिने सामाग्री उपभोक्ता स्वयमले किन्नु पर्ने हुन्छ । हाल समितिको त्रियुगा नगरपालिका वडा नम्बर ( १० बोक्से करमगाछी मनमोहन प्राबी सङ्गै पाच कट्ठा जमिन मा आफ्नै दुई तले १४ कोठे भबन रहेको छ । उक्त भबन बनाउन १ करोड रकम लागेकोमा २५ लाख ऋण रहेको छ । सो २५ लाख र २०६३ साल मा नगर बिकास समिती सङ्ग लियको ११ करोड मध्ये तिर्न बाकी रहेको ६ करोड को बार्षिक ६ प्रतिशतले ब्याज तिर्नु परिरहेको समेत कोषाध्यक्ष पाण्डेले बताय ।
हाल चार वटा वडा नम्बरहरु ९ राटमाटे,१० बोक्से,११ गाइघाट र १२ पुरानो गाइघाटका २ हजार ३ सय ९३ उपभोक्ताबाट धाराको पानीको शुल्क बापत समितिले मासिक ६ लाख उठाउदै आयको छ । हाल खानेपानी सस्थामा १४ जना विभिन्न तहका मासिक ११ हजार देखि २१ हजार सम्म तलब दिनु पर्ने कर्मचारी हरु रहेका छ्न ।
उनिहरुलाइ मासिक १ लाख ६० हजार बढि तलब दिनु परिरहेका छन । बाकी आम्दानी पानी मर्मत, सम्भार र तिर्न बाकी रहेको ऋण तिरिरहेको समितिले जनायको छ । कोषाध्यक्ष पाण्डे भन्छ्न उपभोक्ताहरुलाइ पानीको बिल तिर्न गाइघाट बाट करमगाछी जान टाढा र झन्झट भइरहेकोले इन्टरनेट इ सेवा बाट बिल तिर्न मिल्ने सुबिधा समेत चाडै ब्यबस्था गर्ने योजना रहेको बताय ।

फिल्टर गरेको पानी खाने उपभोक्ता बढ्दै
९ बर्ष अघि २०६८ साल बैशाख त्रियुगा नगरपालिका वडा नम्बर ( ३ का स्थानिय पर्शुराम चौधरीले करिब २५ लाख लागतमा रोउता पानी उधोग स्थापना गरे । हाल सम्म उनको पानी उधोग मा करिब ८० लाख लगानी भइसकेको सन्चालक चौधरी बताउछ्न । उनको पानी उधोग मा हाल १५ जना मजदुरले रोजगारी पायका छन ।
लकडाउन अघि २०७६ फागुन अन्तिम चैत पहिलो हप्तासम्म उनको उधोग बाट करिब १ लिटर को बोटल पानी दैनिक ४ हजार बोटल र २० लिटर को जार को पानी दैनिक २ सय जार बिक्री हुने गरेको थियो । अहिले पनि जार को पानी भने सोही मात्रामा दैनिक २ सय जार बिक्री भइरहेका छन । त्रियुगा नगरपालिका वडा बम्बर ( ३ मोतिगडा, वडा नम्बर ( १२ पुरानो गाइघाट, वडा नम्बर ११ ( गाइघाट र वडा नम्बर ( १० बोक्सेका उपभोक्ताहरुमा प्रशोधित जार को पानी उपभोग गर्ने हरुको सङ्ख्या वृद्धि भयको उनी बताउछ्न ।
२० लिटर को जार को पानी उधोग मा उपभोक्ता आफै लिन गय ४० रुपिया र उपभोक्ताको घर मै पुर्याइदिनु परे ६० रुपिया लिने गरेको सन्चालक चौधरीले बताय । चोउधरिले प्रषोधित गरेको रोउता पानी उदयपुर, सप्तरी, सिराहा र खोटाङ सम्म निर्यात हुँदै आयको छ । खोटाङ भने बोटल को पानी निर्यात हुन्छ । त्रियुगा नगरपालिका वडा नम्बर ( ३ मोतिगडा मा नै दुई बर्ष अघि अर्को पानी प्रषोधन गर्ने उधोग खुलेको छ । यो सङ्गै उदयपुर मा दुई वटा पानी उधोग खुलेको छ ।
