Friday, February 7News That Matters

खानेपानी ट्याङ्की सिलन्यास

राजेन्द्र दुष्ट

चौदण्डीगढी, चैत्र/१८

चौदण्डीगढी नगरपालिका २ भित्ते स्तिथ खानेपानी ट्याङ्कीको सिलान्यास भएको छ । राज्यको निती अनुसार एक घर एक धारा भन्ने नाराका साथ सोमवार चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले ट्याङ्कीको सिल्यान्यास गरेको हो ।

सिलान्यास गर्दै राईले बढी जसो महिला दिदिबहिनिहरु नै पानी बोकेर घर भान्सा गर्नु पर्ने र महिलाहरुले पानी बोक्न बढी समय खर्चीनु पर्ने हुदा राज्यले एक घर एक धाराको नीती अपनाएको बताएको छ । राईले खानेपानी मन्त्रि समेत महिला नै रहेको बताउदै चौदण्डीगढी नगरपालिकाले पनि यसमा प्राथामिकतामा राखेको बताए ।

वडाको ३ लाख रुपैया बजेटबाट निर्मित ट्याङ्कीको क्षेमता भने ६० हजार घन मिटर रहेको वडा अध्यक्ष सन्तोष सुबेदिले जानकारी दिए । २ सय ५० घर धुरी लाभन्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने अध्यक्ष सुबेदिले बताए । गत ८ मा ठूलो पानीको स्रोत पत्या लगाई श्रमदानबाट खने पछि ट्याङ्की  बनाउन सहज भएको उपभोक्ता समितिका अध्यक्ष गोबिन्द साप्कोटाले बताए ।