Sunday, June 28News That Matters

खैराझोडामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई गम्भीर घाईते

पूर्णपुष्टि, असार ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराझोडामा मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा मोटर साईकल चालक र पैदल यात्री दुवै गम्भीर घाईते भएको छ । मदन भण्डारी राजमार्ग स्थित बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ४६५२ नं को मोटरसाईकलले बाटो क्रस गर्दै गरेको सोही ठाउँको ४५ बर्षिय उदेश राईलाई ठक्कर दिएको थियो ।

राईको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । यस्तै मोटर साईकल चालक चौदण्डीगढी ३ बसाहाका २९ बर्षिय रबिन्द्र राई पनि गम्भीर घाईते भएको कार्यालयले जनाएको छ । राईको अनुहार र देव्रे खुट्टामा चोट लागेको छ । घाईते दुवैलाई उपचारको लागि धरान घोपा पठाईएको छ ।