खोटाङमा गर्भवतीको हवाई उद्धार

पूर्णपुष्टि, पुष १८
खोटाङको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका–२६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको हो ।
उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ ।
काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशुजीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: