
पूर्णपुष्टि, ९ साउन ।
खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना रिहा भएको छ । उनिहरुलाई जनही १० हजार धरौटीमा रिहा गरिएको खोटाङ प्रहरीले जनाएको छ ।
जिल्लाको ऐसेलुखर्क गाउँपालिका ५ जलेश्वरका खिमाया तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्वुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुवुका हेम कुमार तामाङ असार ३१ गते पक्राउ परेका थिए । उनिहरुलाई गोरु काटेर मासुको भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । उनिहरु साउन ८ गते साँझ प्रहरीबाट छुटेका थिए । रिहा भए सँगै उनिहरुलाई नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय परिषदले सुखद विदाई गरेको छ ।