खोटाङमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पूर्णपुष्टि, असोज १७

खोङमा बालुवा लिएर दिक्तेल जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।

रसुवा नजिकैबाट बालुवा लिएर सदरमुकाम दिक्तेल बजारतिर जाँदै गरेको स१त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा एकै दिशाबाट गइरहेको गाडीलाई ओभरटेक गर्न खोज्दा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुन पुगेको जनाएको छ ।  हो । चालक राई सकुशल रहेका छन् ।

ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको इन्सपेक्टर साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: