खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

पूर्णपुष्टि, कार्तिक २४
खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरेमा भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखी १८ गते सम्म वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक आशिष राईले बताए ।

 

राईले पहिलो बर्ष पनि भव्य रुपमा भलिवल प्रतियोगिता गराईसकेको र त्यसैलाई निरन्तरता दिने उदेश्यले यो बर्ष पनि प्रतियोगिता गराईने जनाए ।
आयोजक कमिटिका अध्यक्ष युवाराज थापा मगरका अनुसार खेलका लागि मंसिर १४ गते सम्म टिम दर्ताको अन्तिम समय रहेको जनाएको छ । त्यसपछिको समयमा टिम दर्ता भए त्यस्लाई मान्यता नदिने मगरले बताए ।

खेलमा सहभागी जनाउने टिमले सम्बन्धित वडाको स्थायी ठेगाना खुल्ने सक्कल परिचय पत्र, नागरिकता प्रमाण पत्र, सवारी चालकको अनुमति पत्र र शैक्षिक चारित्रिक प्रमाण पत्र अनिवार्य बुझाउने पुर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आयोजक कमिटिले बिभिन्न नियम र सर्तहरु पनि लागु गरेको छ । टिममा कोच सहित १० जनाले मात्र सहभागी जनाउनु पाईने, जर्सि अनिवार्य लगाउनु पर्ने, खेल अबधिभर खेलाडीलाई चोटपटक लागे सामान्य उपचार बाहेक अन्य खेलाडी आफैले बेहोर्नु पर्ने, खेल अन्तराष्ट्रिय भलिवल माहासंघ, नेपाल भलिवल र प्रदेश भलिवलको नियम अनुसार खेलाईने, प्रतियोगिता भित्र कुनै बिवाद आएमा आयोजक कमिटि र निर्णाण्कको निर्णयले अन्तिम फैसाला गर्ने लगायतका नियमहरु रहेको आयोजक कमिटिका सचिव साकेन राईले जनाए । प्रतियोगितामा पहिलो चरणको खेल बेस्टप ३ अनुसार खेलाईने सचिव राईले जनाए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार, ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुने टिमलाई रु ३१ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र र फाईनलिस्ट टिमलाई भने रु ११÷११ हजार नगद सहित मेड तथा प्रमाण प्रदान गरिने कार्यक्रम संयोजक आशिष राईले जानकारी दिए । साथै बेस्ट सर्भर, बेस्ट डिफेन्ज, बेस्ट ब्लकर, बेस्ट स्काईपर, बेस्ट सेटर, बेस्ट कोच र सर्वोकृष्ट खेलाडीलाई मेडल र प्रमाण पत्र समेत प्रदान गरिने राईले जनाए । खेल ठाँटी भन्ज्याङको खेल मैदानमा हुने आयोजक टिमले जनाएको छ । थप जानकारीका लागि ९८४२५७९२५४ मा सम्पर्क गर्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: