Sunday, May 31News That Matters

खोटेहाङ गाउँपालिका सावाकटहरे वडास्तरीय भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार लामिडाँडालाई

पूर्णपुष्टि, मंसिर १८
खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे वडा नं ३ मा आयोजित दोस्रो वाडस्तरीय भलिवल प्रतियोगिताको उपाधी रावावेशी गाउँपालिका लामिडाँडाँले जितेको छ । मंसिर १५ देखि आयोजना भएको सो खेलको फाईनलमा साकेला गाउँपालिका बाँझेच्यान डाँडालाई हराउँदै उपाधी जितेको हो ।

उपाधी जितेका लाँमिडाँडाँले रु ५५ हजार नगद राशी, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यता दोस्रो हुने साकेला गाउँपालिका बाँझेच्यान डाँडाले पनि रु ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । बाँकी सेमिफाईनलमा पुग्न सफल दुईओटा टिम खोटेहाङ्ग गाउँपालिका २ वाप्लुखा र वडा नम्बर ५ चिप्रिङ्गले ११÷११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको कार्यक्रम संयोजक आशिष राईले जानकारी दिए ।

खेलमा १४ ओटा टिमले सहभागी जनाएका थिए । जस्मध्ये क्वाटरफाईनलमा ८ ओटा टिम समेटिए । सेमिफाईनलमा ४ र फाईनलमा दुई हुँदै लामिडाँडाँ खोटेहाङ गाउँपालिका सावाकटहरे दोस्रो वडा स्तरीय भलिवल प्रतियोगिताको प्रथम हुन सफल भएको संयोजक राईले बताए ।
खोटेहाङ्ग गाउँपालिका युवा तथा खेलकुद समितिको आयोजनामा भएको कार्यक्रमको समापन नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राजन ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।