
पूर्णपुष्टि,वैशाख २४
झापाको खोलामा चौधरी मृत अवस्थामा फेला परेको छ । हल्दिवारी गाउँपालिका–४ का ३३ वर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको हो ।
स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
