Tuesday, April 21News That Matters

यात्रुहरु सित ६ गुणा भारा असुल्दै सवारी साधन, काठमाण्डौँ देखि धनुषा १ जनाको १५ हजार

पूर्णपुष्टि, बैशाख २४

काठमाण्डौँ बाट आफ्नो बिभिन्न गृह जिल्ला जाने यात्रुहरु अहिले धेरैमात्रामा पाईन्छ । यो बेला यात्रुहरुले अनावश्यकीय भार तिर्न बाध्य भएको छ । कोरोनाको डर सवारीको मनपरी भाडादर, यी समस्याको बिच पनि यात्रुहरुले आफ्नो गृह जिल्ला फर्कनुनै पर्ने छ ।

यो बेला सवारीले जति भने पनि भारा तिर्न यात्रुहरु पछि पर्दैन यही मौका छोपेर सवारीहरुले मनपरी भाडा असुल्दै मानवताको अस्तित्वनै गुमाई सकेको छ । यो बेला एकले अर्कालाई मानवताको हिसावले हेर्ने बेला हो । मानवले मानवलाईनै माहामारीको हत्यार बनाई चुस्ने र लुट्ने होईन् ।

यसै शिलशिलामा आवश्यक भन्दा ६ गुणा बढी भाडा असुन्ले सवारीलाई ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।

काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको हो ।

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिस गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारबाही सिफारिस गरेका छौँ ।”