
सुनसरी, असार ३१
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ पोखरीया निबासी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।
हिजो बिहान करिब ४ बजे मनिङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
