Tuesday, June 30News That Matters

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

झापा, असार ३१ 

झापाको कमल गाउँपालिका–२ मिलन चोकमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक केदारनाथ दाहालको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ बर्षीय दाहाललाई उपचारको लागी लाईफ लाईन अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन  र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।