
मोरङ, असार ३१
मोरङको बिराटनगर महानगरपालिका–१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हिजो दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध डाईलेक्स डिसी १ बोतल, कोडिनफास्फेट २ बोतल र निट्राभेट ३० चक्की र सहेदा खातुनको चिया पसलबाट डाईलेक्स डिसी ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर–१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
