Thursday, July 2News That Matters

खोलामा डुबेर १ जनाको मृत्यु

भोजपुर, असार २५

भोजपुरको खेसाङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । पौवादुम्बा गाउँपालिका–३ का १८ बर्षीय दिवस राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

खोलामा पौडी खेल्ने क्रममा हिजो अपरान्ह ५ बजे अचान डुबेर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।