
झापा, भदौ १४
झापाको देउनिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–४ महेशपुर निबासी १८ बर्षीया कमला चेम्जोङको देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

निगुरो टिप्न गएको अवस्थामा उक्त खोलामा पौडी खेल्ने क्रममा शनिवार दिउँसो साँढे ४ बजे अचानक डुबेर घाईते भएकी चेम्जोङलाई संगै गएकी साथीले देखि प्रहरी चौकी महेशपुरमा खबर गरे संगै तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी ओमसाई अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
