
सुनसरी, भाद्र १४
सुनसरीको ईनरुवामा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–८ निबासी कर्मुल मियाको १२ बर्षीय छोरा बसिम मियाको मृत्यु भएको हो ।

घर नजिकै जमेको पानीमा शनिवार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
