
पूर्णपुष्टि, भदौ १४
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत दुई जना डक्टरसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत डाक्टर र नर्समा समेत कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो ।
गत बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।
