Saturday, August 8News That Matters

खोलामा डुबेर १ बालकको मृत्यु

ईलाम, जेठ १३ गते । 

ईलामको माङसेबुङको दोउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–१ बस्ने कविराज बस्नेतको १२ बर्षीय छोरा सुवी बस्नेत देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा सोमवार दिउँसो १२ बजे अचानक डुबेर घाईते भएका बालकलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम लाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको ईप्रकाले जनाएको छ ।